विद्युत सर्ट हुदाँ पराल बोकेको ट्रकमा आगलागीः ट्रक जलेर नष्ट
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकामा विद्युत सर्ट हुदाँ पराल बोकेको ट्रकमा आगलागी हुदाँ ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रतापपुर २ सुवर्षाबाट लु १ ख ३३२२ नम्बरको ट्रक सेमरीबाट पराल लोड गरी गैडाकोट जादँै गरेको तार छोएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरीएको थियो भने मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।