पाकिस्तानको विरुद्ध भ्रम छर्न भारतमा एउटैको २६५ फेक न्यूज अनलाइन





एजेन्सी । युरोपको एक सत्यतथ्य जाँच गर्ने एनजीओ ‘ईयू डिसइन्फो ल्याब’को अध्ययनले एक भारतीय नेटवर्कले ६५ देशमा २६५ ‘फेक मिडिया आउटलेट’मार्फत पाकिस्तानविरोधी प्रोपोगण्डा फैलाइरहेको पत्ता लगाएको छ ।

ती सबै ‘फेक मिडिया एकाउन्टस्’को सम्बन्ध दिल्लीको श्रीवास्ताव ग्रुपसँग जोडिएको देखिएको छ ।




श्रीवास्ताव ग्रुप अन्तर्गतको ‘अन्तराष्ट्रिय इन्स्टिीच्युट अफ नन–एलाइन्स स्टडीज’ले अघिल्लो महिना युरोपेली संघका २३ सांसदलाई कश्मिरको भ्रमण गराएको थियो । साथै उसैले ती सांसद र नरेन्द्र मोदीको भेटघाटको सम्पूर्ण व्यवस्था मिलाएको थियो ।

युरोपेली संघले रुसबाट फैलिरहेको फेक न्युजको अध्ययनको लागि एक फोरम बनेको छ । यो स्वतन्त्र सत्यतथ्य जाँच गर्ने (फ्याक्ट चेक सस्था) युरोपमा फेक प्रापेगेण्डाको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

सोही अध्ययनको क्रममा यी २६५ फेक समाचार दिने आउटलेटहरु पहिचान गरिएको थियो ।  यी सबै २६५ आउटलेटमा प्रकाशित अधिकांश विषयवस्तु पाकिस्तान विरोधी समाचारले भरिएको छ ।

डिसइन्फो ल्याबको गहिरो जाँचबाट दिल्लीको श्रीवास्ताव ग्रुप र विदेशमा चलिरहेको ‘फेक लोकल न्युज आउटलेट’ सम्बन्ध देखाएको छ ।

डिसइन्फो ल्याबले अध्ययनका क्रममा कयैन मानिसले रुसबाट आइरहेको झुटो समाचारलाई ईपीटुडे वेबसाइटमार्फत शेयर गरिरहेको पाएको थियो । त्यसपछि ल्याबले यो वेबसाइटको जाँच सुर गर्‍यो ।

जाँचमा एक पछि अर्को विदेशी वेबसाइट उजागर हुँदै गए जसमध्ये अधिकांशको सम्बन्ध दिल्लीको श्रीवास्तव समूहसँग जोडिएको पाइएको थियो ।

यो सम्पूर्ण मुद्धामा श्रीवास्ताव समूहको धारणा जान्नको लागि बीबीसी हिन्दीका रिपोर्टरहरु वेबसाइटमा दिइएको ठेगाना ए२/५९ सफदरगंग पुगे । त्यस ठेगानामा रिपोर्टरले एक घर त पाए जहाँ गेटमा उभिएका सुरक्षागार्डले तिनलाई भित्र जानबाट रोके ।

गार्डले त्यहाँ कुनै कार्यालय नभएको बताए । त्यस्तै वेबसाइटमा कुनै इमेल आइडी पनि दिइएको छैन । वेबमा दिइएको फोन नम्बरमा फोन गर्दा पनि ‘तपाईंको फोन भोलि मात्र उठाउनेछौँ’ भन्ने जवाफ आइरहेको थियो ।

यो मुद्दामा बीबीसीको समूहले विदेश मन्त्रालयलाई एक मेलमार्फत यस्ता वेबसाइट्सको जानकारी मन्त्रालयसँग रहेको नरहेको र भारत सरकारको त्योसँग कुनै प्रकारको सम्बन्ध भए नभएको प्रश्न गर्‍यो । तर मन्त्रालयले कुनै जवाफ दिएन ।

श्रीवास्ताव समूहसँग कसरी जोडियो वेबसाइट ?

अक्टोबर ९ मा डिसइन्फो ल्याबले अध्ययनमार्फत हासिल गरेको जानकारीलाइ लगातार ट्वीटरमा सार्वजनिक गर्‍यो । तिनले फेक एकाउन्ट र श्रीवास्तव ग्रुपबीचको सम्बन्ध औल्याउँछ ।

इपी–टुडेको औपचारिक वेबसाइटमा यसको ठेगाना ब्रसेल्स, बेल्जियमको दिइएको छ । त्यसपछि श्रीवास्ताव समूहको आधिकारिक वेबसाइट हेरियो । यो समूहको मुख्यालय दिल्लीमा रहेको र अन्य कार्यालय बेल्जियम, स्वीट्जरल्याण्ड र क्यानडामा रहेको उल्लेख छ ।

रोचक कुरा, इपी–टुडे र श्रीवास्ताव समूहको बेल्जियमस्थित कार्यालयको ठेगाना एउटै छ ।

डिसइन्फो ल्याबको भनाइमा ईपी टुडेको आईपी हिस्ट्री सच गर्दा त्यसलाई सोही सर्वरमा होस्ट गरिएको थियो जसमा श्रीवास्ताव ग्रुपलाई होस्ट गरिएको थियो । अर्थात पहिले दुवै वेबसाइटलाई एक सर्वरमा होस्ट गरिएको थियो ।

–यो वर्ष अक्टोबरमा आएको एक रिपोर्टमा बताइए अनुसार ईपीटुडेको फेसबुक पेजलाई दिल्लीबाट चार जनाले चलाइरहेका थिए । बीबीसीले यसको जाँच गर्दा यसको फेसबुक पेज सस्पेण्ड गरिसकिएको थियो ।

–यो भारतीय समूह जेनेभामा पनि काम गरिरहेको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सी रहेको सहर हो जेनेभा । टाइम्स अफ जेनेभा डट कम नामबाट एक अनलाइन पत्रिका चलाइएको छ । वेबसाइटमा दिइएको जानकारी अनुसार पेजका एडमीनहरु ‘३५ वर्षदेखि यस व्यवसायमा छन् ।’

टाइम्स अफ जेनेभामा इपीटुडेमा प्रकाशित समाचार नै प्रकाशित देखिन्छ । टाइम्स अफ जेनेवाको साइटमा रहेका जति पनि भिडियो छन् ती सबैमा पाकिस्तानका अल्पसंख्यक र गिलगित–बल्तिस्तान क्षेत्रको कुरा गरिएको छ । टाइम्स अफ जेनेभामा पाकिस्तानी अल्पसंख्यकहरुको प्रदर्शनलाई धेरै नै कभर गरिएको छ ।

डिसइन्फो ल्याबको दावी अनुसार टाइम्स अफ जेनेभाको सर्भरमा एक एनजीओको वेबसाइट ‘पाकिस्तानी वुमेन डट कम’ पनि चलिरहेको छ ।

ल्याबको अनुसन्धानका क्रममा वेबसाइट हुदैं युरोपेली अर्गनाइजेशन फर पाकिस्तानी माइनोरिटी(ईओपीएम)को ट्वीटर ह्याण्डलसम्म पुग्यो । यो संस्थाको ठेगाना, ईपीटुड र श्रीवास्ताव ग्रुपको ब्रसेल्स कार्यालयको ठेगाना एउटै छ ।

यस मुद्दामा तेस्रो खेलाडी पनि छ, ४न्युजएजेन्सी । यो वेबसाइटमा दिइएको जानकारी अनुसार यो बेल्जियम, स्जिट्रल्याण्ड, थाइल्याण्ड र अबू धाबीको चार समचार एजेन्सीहरुको एक समूह हो । तथापि यो चार एजेन्सी कुन कुन हो बताइएको छैन ।

वेबसाइटमा उसको टीमले सय देशमा कम गरिरहेको बताइएको छ तर वेबसाइटमा बेल्जियम र जेनेवाको दुई कार्यालयको मात्र ठेगाना दिइएको छ । रोचक पक्ष, ईपीटुडे, जेनेवा टाइम्स, ४न्युजएजेन्सी र श्रीवास्तव ग्रुप सबैको कार्यालय बेल्जियम र जेनेभामा नै छ ।

४न्युजएजेन्सी, इपीटुडे, जेनेवा टाइम्स र श्रीवास्ताव ग्रुपबीच लिङ्कको विस्तारमा बुझ्नको लागि बीबीसीले डिसइन्फो ल्याबलाई मेल गर्‍यो । त्यसको जवाफमा थाहा पाइन्छ कि यो सबै फेक मिडिया आउटलेट यो एजेन्सीसँग जोडिएको छ । यी बेवसाइटमा एकै खालको सामाग्रीको प्रयोग भइरहेको छ ।

डिसइन्फो ल्याबको भनाई अनुसार २१ यस्ता डोमेन चलिरहेका छन् जो एउटै सर्वरबाट चलिरहेको छ र यसमा श्रीवास्ताव ग्रुपको नाम समावेश छ ।

डिसइन्फो ल्यावले २०१८मा लेखिएको एक पत्र प्राप्त गरेको छ । माडी शर्माकै गैर–सरकारी संगठन ‘डब्लूईएसटीटी’ले यूरोपेली संसदका पूर्व अध्यक्ष एन्टोनिया ताजानीलाई पत्र लेखेर पाकिस्तानी अल्पसंख्यकबारे इपी–टुडेमा छापिएको अप–एडलाई समर्थन गर्न आग्रह गरेको छ । माडी शर्माको यही संगठनले २३ युरोपेली संघका सांसदहरुको भारत भ्रमण आयोजना गरेको थियो ।

बीबीसीले आफ्नो जाँचको क्रममा माडी शर्माले ईपीटुडेमा लेख लेख्ने गरेको पायो ।

एउटै नामको व्यक्ति ईपीटुडेमा लेख पनि लेखिरहेका छन् र माडी शर्माको थिंक ट्याकं ‘डब्लूईएसटीटी’को लागि काम पनि गरिरहेको देखिन्छ ।

यो वेबसाइट के काम गर्छ ?

डिसइन्फो ल्याबको दावी अनुसार ‘२६५ फेक लोकल न्यूज आउटलेट’ले अन्तराष्ट्रिय सस्थाहरुलाई प्रभावित गर्ने काम गर्छ ।

आफ्नो विश्वसनीयतालाई बलियो पार्नको लागि एनजीओलाई खास प्रकारको विरोध प्रदर्शनहरुबारे पत्रकार जानकारी गराउँछ ।

यो सबै मिडिया आउटलेट एक अर्कोलाई कोट गर्छन् । एउटै रिपोर्टलाई आफ्नो प्लाटफर्ममा छाप्छन् । पढ्नेले समाचारमा रहेको भिन्नतालाई नबुझुन् भनेर यसो गरिन्छ ।

यसको उदेशय भारतको लागि अन्तराष्ट्रिय समर्थन बढाउनु तथा समचार र सम्पदाकीयद्वारा मानिसबीच पाकिस्तानलाई छवि तोड मरोड पेश गर्नु देखिन्छ ।

के हो श्रीवास्तव ग्रुप ?

श्रीवास्ताव ग्रुप यो वर्ष अक्टोबरमा तब समाचारमा छाएको थियो जब उसले २३ युरोपेली संघका सांसदलाइ कश्मीरको भ्रमणका लागि भारत ल्यायो ।

माडी शर्माको एनजीओ ‘विमेन्स इकोनोमिक एण्ड सोशल थिंक टैंक (डब्लूईएसटीटी)’ले युरोपेली सांसदलाई भारत लिएर आएको थियो । सांसदलाई पठाइएको निमन्त्रणामा तिनको आउजाउको खर्च भारतस्थित ‘इन्टरनेशनल इन्स्टिच्युट अफ नन–अलाइड स्टडीज(आईआईएनएस)’ले तिर्ने उल्लेख थियो ।

‘इन्स्टिीच्युट अफ नन अलाइड स्टडीज’ गैर–सरकार संगठन हो जसको स्थापना सन् १९८० मा भएको थियो ।

श्रीवास्ताव ग्रुपको वेबसाइटमा बताइएका अनुसार आईआईएनएस उसैको एक संस्था हो । यसको अतिरिक्त यो समूहले केही पत्रिकाहरु डेल्ही टाइम्स(अंग्रेजी), नयाँ दिल्ली टाइम्स(हिन्दी) पनि छाप्छ ।

तथापि ती पत्रिको सर्कुलेशन कति छ भन्ने कुराको कुनै जानकारी वेबसाइटमा दिइएको छैन ।

द वायरमा आएको समाचार अनुसार श्रीवास्ताव ग्रुपका कयैन कम्पनी छन् तर रजिस्ट्रार अफ कम्पनीमा पेस गरिएको कागजात हेर्दा तिनको व्यवसाय देखिँदैन । तीसँग पर्याप्त पैसा पनि देखिँदैन ।

यो समूहका कुल सात कम्पनी चलिरहेको छ । ती सबै कम्पनीको बोर्डमा नेहा श्रीवास्ताव र अंकित श्रीवास्तावको नाम छ ।

रिपोर्ट अनुसार एटूएन ब्रोडकास्टिङले अघिल्लो वर्ष २००० भारुको घाटा बेहोर्‍यो । यो कम्पनीको कुनै कमाई छैन र योसँग १० हजार भारुको बचत सिटी बैङ्कमा छ र १० हजार भारु ओरियन्टल बैङ्कमा छ ।

यो कम्पनीसँग त्यस्तो ठूलो नाफामुलक व्यवसाय देखिँदैन ।

सफदरजंग एन्क्लेभमा ए२/५९ ठेगाना बीबीसीको टीमले खोज गर्दा सन् २०१८ को इण्डियन इस्लामिक कल्चर सेन्टरको एक इलेक्टोरल लिस्ट प्राप्त भयो । यस अनुसार यो ठेगानामा अंकित श्रीवास्ताव र नेहा श्रीवास्ताव रहन्छन् ।

यो दुवै श्रीवास्तव समूहसँग जोडिएका छन् । डा. अंकित श्रीवास्तव यो समूहको उपाध्यक्ष हुन् । उता नेहा श्रीवास्ताव पनि उपाध्यक्ष छन् । तर यो ठेगानामा एक कार्यालय रहेको दावी गरिन्छ ।

त्यसपछि बीबीसीको टिमले यसको समाजिक सञ्जाल एकाउन्टको खोजको क्रममा अंकित श्रीवास्तावको ट्वीटर प्रोफाइल प्राप्त गर्‍यो । यस प्रोफाइलमा १० हजारभन्दा बढी फलोअर छन् र उनले आफलाई ‘न्यू डेल्ही टाइम्स’का प्रधानसम्पादक बताएका छन् । अंकित श्रीवास्तवको लिङ्क्डइन प्रोफाइलमा पनि यही जानकारी दिइएको छ ।

कयैन कोसिसपछि पनि श्रीवास्तव समूहका कुनै पनि प्रतिनिधि बीबीसी हिन्दीसँग कुरा गर्न तयार भएनन् ।

बीबीसी हिन्दीबाट




सम्बन्धित
Loading...