गीतको सुर नमिलाएको भन्दै स्टेजमै कुटिए गायक


भारतको गुजरातमा एक सांगीतिक कार्यक्रममा बेसुरा गाएको भन्दै दर्शकले गायकलाई पिटेका छन् । रक्सी खाएर गीत गाउँदा सुर बिर्सिएको भन्दै दर्शकले गायकलाई मञ्चमै चढेर पिटेका हुन् ।




अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रक्सी पिएर स्टेज चढेका गायकले गीतको सुरताल नमिलाएकाले दर्शकहरू आक्रोशित बनेका थिए । त्यही क्रममा एक दर्शक स्टेजमा चढे । गायकको छेउमा पुगेर ती दर्शकले केही सेकेन्ड कुरा गरेपछि तीन थप्पड लगाइदिए ।




त्यसपछि त्यहाँ हंगामा सुरू भयो र अन्य दर्शक पनि मञ्चमा चढेर गायकलाई पिट्न थाले । पिटाइ खाएपछि ती गायकले गीत गाउन अस्वीकार गरे र मञ्च छाडेर हिँडे । गायक नै हिँडेपछि कार्यक्रम नै स्थगित गरियो ।

रिपोर्टका अनुसार, धार्मिक कार्यक्रममा रक्सी पिएर आएका ती गायकले सही ढंगले गीत गाउन सकिरहेका थिएनन् । अहिले यो भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती  भएको छ ।




सम्बन्धित
Loading...