सुनवलमा घन्कियो जीवन शर्माको पछिल्लो लोकप्रिय गीत छोड छोड विस्तारवाद नेपाल भूमि छोड





सुनवल । आफ्नो परिवारमा परेको पीडा पनि भुलेर सोमबार जनगायक जीवन शर्मा पश्चिम नवलपरासीको सुवनलमा राष्ट्रिय जगाउन आइपुगे ।
उनले उनको पछिल्लो चर्चित गीत छोड छोड विस्तारवाद नेपाल भूमि छोड, भारतीय सेनाहरु कालापानी छोड गीतले सुनवलबासीलाई राष्ट्रिय भावना जगाउनुको साथै र भारतीय विस्तारवादको विरुद्ध एक पटक जुरुकजुरुक उचालेका थिए ।
पश्चिम नवलपरासीको सुनवलमा जारी प्रादेशिक औद्योगिक व्यापार मेला सोमवार ५ औं दिन जीवन शर्मा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती रहेको थियो ।
जनगायक जीवन शर्माको ‘छोड छोड विस्तारवाद नेपाल भुमि छोड, भारतीय सेनाहरु कालापानी छोड भन्ने गीत जब गाए त्यसपछि दर्शकको ताली र सर्मथन मेलाको माहोल निकै तातेको थियो । सुनवल मेलामा राष्ट्रियताको भाव निकै झल्किएको थियो ।
गायक जीवन शर्माले आफ्ना गितहरु छोड छोड विस्तारबाद नेपाल भुमि छोड, चाहिदैन मलाई शिसाको महल, सिमली छायामा बसी लगायतका देशप्रेम र प्रगतिशिल गीतहरु गाएका थिए ।
त्यस्तै मेलामा चर्चित गायक तथा मोडेल दुर्गेश थापा र प्रिति आलेको प्रस्तुतिले रहेको थियो ।







सम्बन्धित
Loading...