नवलपरासीमा एक महिनादेखि बालिका वेपत्ता





नवलपरासी । पश्चिम नवलपरासीमा २ बर्षीया बालिका वेपत्ता भएको एक महिना वितिसक्दा पनि अझै फेला पर्न सकेको छैन ।
गत कार्तिक ११ सोमवारको दिन साँझ आफ्नै घर छेऊमा खेल्दै गरेको अवस्था पछि सम्पर्क बिहिन भएकी बालिका १ महिना बित्दा पनि अझै फेला पर्न नसकेको हो ।
सुस्ता गाँउपालिका वडा नं ५ बलिनगर बस्ने मारकण्डे्य चौधरीको २ बर्षिय छोरी आदिती चौधरी सम्पर्क बिहिन भएकी थिईन ।
हराएको बालिकाको खोजी गर्नको लागी नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय युवाहरुको सहभागितामा खोजी कार्य भईरहे पनि बालिका बारे अहिले सम्म कुनै सुराकी लाग्न नसकेको प्रहरीले जनाएको छ ।

उनी साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरीकी नातिनी हुन्।
घर परिवार चिन्तित भएका छन यति लामो समय बितिसक्दा पनि उक्त बालिका कहाँ र कुन अवस्थामा छिन यसबारे कुनै सम्बन्धित निकायको हाथ पुग्न सकेन । अहिलेसम्म अदिति बारे कहि कतै बाट कुनै खबर नआएको र परिवारले आफ्नो सम्पूर्ण आफन्तीमा खोजी गरिसकेकाले कहिपनि फेला नपर्दा बालिकाको अपहरण भएको अनुमान समेत गरिएको छ ।जिल्ला प्रहरी कार्यलायबाट खटिएको टोलीले आसपासको क्षेत्रहरु तथा भारतमा पनि खोजी गर्दा पनि यस घटनाबारे नेपाल प्रहरीले अहिले सम्म तथ्य सत्य बाहिर ल्याऊन सकेको छैन । जिल्ला प्रशासन कार्यलय र ईलाका प्रशासन कार्यालयको टोलीद्वारा उक्त बालिकाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


पक्लिहवाका पुर्व गाबिस अध्यक्षको नातिनी घरबाटै बेपत्ता




सम्बन्धित
Loading...