क्रान्तिकारी माओवादीको प्रदेश ४ को सम्मेलनका दोस्रो दिनको बन्द शत्र शुरु, प्रतिवेदनमाथि छलफल चल्दै


  • शोभा जि.सी. –



पोखरा । नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ को प्रथम अधिवेशन तथा सम्मेलनको दोस्रो दिनको बन्द शत्र शुरु भएको छ ।
बुधबारबाट शुरु भएको सम्मेलन तथा अधिवेशनमा बुधबार नेकपा क्रान्तिकारी माओवादी प्रदेश नं. ४ का इन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवेदी अटलले पेश गरेका राजनीतिक प्रतिवेदन माथि विहीबार विहानैदेखि छलफल शुरु भएको हो ।
अहिले बन्द शत्रमा समूह छलफलबाट आएको निचोडलाई टोली नेताहरुले प्रस्तुत गरिहेका छन् । बन्द शत्र नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटिका सदस्य सिपी गजुरेलको प्रमुख आतिथ्यतामा भएको छ ।
सम्मेलन तथा अधिवेशन विहीबार नयाँ प्रदेश कमिटि गर्दै सकिने आयोजकले जनाएको छ ।

 




क्रान्तिको तयारी भइरहेको छ, छिटटै हतियार उठाउँछौंः गजुरेल

 




सम्बन्धित
Loading...