वडाध्यक्षले मादकपदार्थ सेवन गरी वडा सदस्यलाई कुटपिट गरेपछि…
इलाम । फाकफोकथुम गाउँपालिका वडा नं. १ का वडाध्यक्षले नेकपा वडा कमिटी सदस्य नरबहादुर निरौलालाई कुटपिट गरेको भन्दै विज्ञप्ती निकालेको छ ।
नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका टेकवीर नेम्बाङले आफ्नै वडाका नरबहादुर निरौलालाई मादक पदार्थ सेवन गरी जथाभावी गाली गलौज गर्दै कुटपिट गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती अनुसार बामेको घरमा आगो लगाइ दिने, बसाईं हिंडाईदिन्छु जस्ता क्रियाकलाप प्रति नेकपा गाउँपालिका कमिटिले विज्ञप्ती नै जारी गर्दै घटनाको छानविन गरी वडाध्यक्ष टेकवीर नेम्बाङलाई कानुनी कारवाहीको माग गरेको छ ।