त्रिभुवनटार सहकारीमा दुर्गा भण्डारी निर्वाचित





नवलपरासीकाे कावासाेतीमा रहेकाे त्रिभुवनटार बहुमुखी सहकारी संस्थाको शनिबार सम्पन्न नयाँ नेतृत्वको निर्वाचनबाट दुर्गा भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
शनिवार राति सम्पन्न मतगणनाबाट भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
भण्डारीले आफ्ना प्रतिद्वन्दी बैकुण्ठ अर्याललाई १९८ मत अन्तरले पराजित गर्दै विजयी भएकाे निर्वाचन अधिकृत भरत तिवारीले जानकारी दिए।
अध्यक्ष पदमा निर्वाचित भण्डारीले ६ सय २३ मत र अर्यालले ४ सय २५ मत प्राप्त गरेका थिए।
त्यस्तै उपाध्यक्षमा खिमनाथ धरेल निर्वाचित भएका छन् । धरेलले ५१५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी विनय शर्मा गैरेले ५०२ मत प्राप्त गरेका थिए।
त्यस्तै लेखा समितिको संयोजकमा नर बिक्रम शाही विजयी भएका छन ।
लेखा समिति सदस्यमा बाबुराम पौडेल र मदन कुमार अघिकारी निर्वाचित भएका छन्।
संचालक समितिमा साविक कुमारवर्तीबाट लिला बल्लै गौडेल, नन्दलाल पौडेल र कोमल थनेत निर्विरोध निर्वाचित भएका छन्।
साविक कोल्हुवा ब्लकबाट जुगतराम थनेत, पुर्णचन्द्र नेपाल र दधिराम नेपाल निर्वाचित भएका छन । त्यस्तै साविक अग्यौली ब्लकबाट नगेन्द्र सापकोटा, धर्मदत्त घिमिरे र गुमान सिं कामी निर्वाचित भएका छन् ।




सम्बन्धित
Loading...