बास्केटबलः माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

155




नेपाली राष्ट्रिय बास्केटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो क्वार्टरमा १८–१७ को स्थितिमा रहेको खेलमा नेपालले दोस्रो क्वाटरमा भने एकपक्षीय प्रदर्शन गर्‍याे । दोस्रो क्वार्टरकाे अन्त्यमा नेपाल ४१–२९ ले अगाडि बढ्यो ।

तेस्रो क्वार्टरमा ५८–४० ले अगाडि रहेको नेपालले अन्तिम क्वाटरमा अग्रता कायम राख्दै जित निकालेर अन्तिम चारमा स्थान जमाएको हो ।

यसअघिको खेलमा बंगलादेशसँग पराजित भएको नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । अब नेपालले फाइनल प्रवेशका लागि भारतको सामना गर्नेछ । सेमिफाइनलका खेल सोमबार (भोलि) हुने भएकाे छ ।

You might also like
Loading...