कोहलपुर तनाग्रस्त (अपडेट): ३ विद्यार्थी र ७ प्रहरी घाइते, कोहलपुरमा कर्फ्यू लगायो – फोटो फिचर

262




दाङ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते छात्रालाई थप उपचारका लागि काठमान्डौं लैजान तयारी गरिएको छ ।
त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रगति चन्दलाई विहान १० बजेतिर ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालय अगाडी ठक्कर दिएर गम्भीर घाइते भएकी छन् । कोहलपुरस्थित मेडिकल कलेजमा उपचाररत छात्रा चन्दलाई थप उपचारको लागि काठमान्डौं लैजान हेलिकप्डर मागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । बुवासंग भे ६ प २७४० नम्वरको स्कुटर चढेर विद्यालय नजिकै ओर्लिए लगतै चन्दलाई ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुले बालिका गम्भिर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरिदिएका छन् । आक्रोसित विद्यार्थीहरुले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरुको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दुई दर्जन भन्दा बढी पटक हवाइ फायर गरेको छ । दर्जनौ अश्रृग्यास हानेको छ । विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमै पुगेर ढुंगामुढा गर्नुका साथै प्रहरीको किचेन पनि जलाई दिएका छन् ।
प्रहरीले हानेको प्लाष्टिकको गोली लागेर ३ विद्यार्थी घाइते भएको शिक्षक ऋषि देवकोटाले जानकारी दिए । शिक्षक देवकोटाका अनुसार एकजना विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा रवरको गोली लागेको छ । व्लडिङ भइरहेको हुँदा उनीहरुलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको शिक्षक देवकोटाले जानकारी दिए ।
प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक घाइते भएका छन् । सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पु¥याएको हो । ती बालकका अभिभावक भने यो खवर तयार पार्दासम्म पत्ता लागि नसकेको जानकारी दिइएको छ ।

डिएसपी शाहीसहित ७ प्रहरी घाइते

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रगती चन्दलाई ट्रकले ठक्कर दिएर घाइते तुल्याए पछि एकाएक झडपको स्थिति उत्पन्न भएपछि त्यसमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरीपनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य,खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । यो खवर तयार पार्दा सम्मपनि कोहलपुरको अवस्थामा सुधार आइसकेको छैन ।

कर्फ्यू लगायो

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ। केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। सुर्खेतबाट सेनाको हेलिकप्टर आएर उनलाई काठमाडौं लैजान लागेको उपाध्यायले जानकारी दिए ।

You might also like
Loading...