तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट इकान्तिपुरका यज्ञश सम्मानित गरिने





कावासोती । पत्रकार तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस बर्ष इकान्तिपुरका सम्पादक एवं साहित्यकार यज्ञशलाई प्रदान गरिने भएको छ ।
कावासोतीको नवलपुर एफका प्रबन्ध निर्देशक पत्रकार तिर्थराज भुसालको स्मृतिमा पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टले प्रदान गर्ने पुरस्कारबाट यस बर्ष इकान्तिपुरका सम्पादक एवं साहित्यकार यज्ञशलाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार सोमबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले प्रदान गर्ने कार्यक्रम रहेको छ ।
स्व. पत्रकार तिर्थराज भुसालको दोस्रो स्मृति दिवसमा नवलपुर एफएमको प्राङ्गणमा सोमबार विहान ११ बजे पुरस्कार वितरण कार्यक्रम हुने पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्रश्वर भुसालले जानकारी दिए।
नवलपुर एफएमका संस्थापक स्व.पत्रकार भुसालको २०७४ साल मंसिर महिनामा निर्वाचनको रिपोटिङ गरेर फर्कने क्रममा दुम्किवासमा रहस्यमय मृत्यु भएको थियो । नवलपुर एफएमका कार्यकारी स्व पत्रकार भुसालको सम्झनामा स्थापना गरिएको ट्रष्ट मार्फत प्रत्येक वर्ष क्रियाशिल युवा पत्रकार एवं पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने मोफसल र केन्द्रका पत्रकारलाई सम्मान गरिने गरिएको ट्रष्टका सचिव मुना दाहालले बताए ।
पहिलो स्मृति दिवसमा पूर्वी नवलपरासीको त्रिवेणीबाट दुई दशक भन्दा अघिदेखि पत्रकारीता गर्नुभएका प्रेमचन्द्र रौनियारलाई सम्मान गरिएको थियो ।




सम्बन्धित
Loading...