लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ

316

  • रामकुमार श्रेष्ठ

कावासोती । पूर्वी नवलपरासीको डण्डा चोरमारा बीच जंगलमा पर्ने चालिस किलो भन्ने स्थानबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३७ प २६६० नम्बरको मोटरसाइकलमा सवार दुई जनाको साथबाट लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी २६ बर्षीय विकास बर्मा र बर्दघाट १६ बस्ने २६ बर्षीय सुजन मल्ललाई डाइजोपाम, फेनरागन र नुफिन १ सय २ थानका दरले ३ सय ६ एम्पुल लागु औषध सहित पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले कारवाहीको लागि आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

You might also like
Loading...