क्याम्पसको शैक्षिक स्तर बढाउन महायज्ञ गर्ने

146

नवलपुर । नवलपुरको चोरमारामा रहेको नवजागरण वहुमुखी क्याम्पसको शैक्षिक स्तर वृद्वि गर्न यही पौष २७ गते देखि श्रीमद भागवत तथा धनधान्याचल महायज्ञ गर्ने भएको छ ।
विपन्न विद्यार्थीहरुलाई सहज निशुल्क उच्च शिक्षा दिने, छात्रावासको व्यवश्था गर्ने, प्राविधिक शिक्षा प्रदान गर्ने, गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्राप्त गर्ने, उद्यमशिलताको प्रवद्र्वन गरी समय सापेक्ष रोजगारमुलक शिक्षा प्रदान गर्ने महायज्ञको उद्देश्य रहेको यज्ञ मुल समारोह समितिका संयोजक चेतनाथ तिवारीले जानकारी दिए ।
आईतवार क्याम्पसमा महायज्ञको तयारी बारे पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो ।
विनयी त्रिवेणी, हुप्सेकोट गाउंपालिका र मध्यविन्दु नगरपालिकामा स्नातकोत्तर तह अध्यापन गर्ने कलेज नभएकोले यज्ञबाट संकलित रकमले नेपालकै नमूना स्नातकोत्तर तहको क्याम्पस सञ्चालन गर्ने योजना रहेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष तुलसी तिवारीले जानकारी दिए ।
शिक्षा, मानविकी र व्यवश्थापन संकायमा स्नातकसम्म अध्यापन भईरहेको जानकारी दिंदै अध्यक्ष तिवारीले विद्यार्थीको माग र यस क्षेत्रको आवश्यक्ता अनुसारको प्राविधिक शिक्षा सञ्चालन गर्ने बताए ।
क्याम्पसका प्रधान संरक्षक विष्णु कार्कीले प्राविधिक र व्यवहारिक शिक्षा वर्तमान आवश्क्ता भएकोले त्यसलाई परिपुर्ति गर्न महाज्ञयबाट संकलित रकम खर्चिने बताए । मध्यविन्दु नगरपालिकाका मेयर चन्द्र बहादुर रानाले कोल्हुवामा कृषि क्याम्पस, अरुणखोलामा शिक्षा संकायको क्याम्पस र चोरमारामा ईन्जिनियरिङ्ग क्याम्पस सञ्चालन गर्ने नगरको योजना रहेकोले सोही अनुरुप महायज्ञ गरेको जानकारी दिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्य तथा स्थानीय दानविर पहिचान संयोजक केदार पराजुलीले महायज्ञबाट १५ करोड रकम संकलन गर्ने योजना सहित व्यापक तयारी भईरहेको जानकारी दिए । आर्थिक समिति संयोजक प्रकाश पंगेनीले संकलित रकमलाई क्याम्पसका सम्पूर्ण सदस्य, दानविरहरु, अभिभावकहरुको व्यापक छलफल र परामर्शमा पारदर्शी ढंगले क्याम्पसको भौतिक पुर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्विमा खर्चिने बताए ।
मुल समितिका संयोजक चेत तविारीको संयोजकत्वमा १ हजार ५१ सदसीय मुल समिति गठन गरी विभिन्न उपसमिति मार्फत तयारी तिव्रता पारेको छ ।

You might also like
Loading...