झरना (कविता)


  • दुर्गा पाण्डेय




छर–छर गर्दै झर्ना
झर्दछ निर्मल जलमा
लिई स्वर्गीय आनन्द
झुल्दछु त्यही थलमा
यही छ सफा निश्छल
छैन दुर्गन्धको वर्षा
भुलु सधैं म यही
यसमै छ सारा हर्ष
रसपान यसैको गरी
निदाएको छु धुरी धुरी
घुम्दछ त्यही झर्ना
यि नयनमा वरिपरी
पाउछु सबै म त्यहाँ
सुसेली हालु लाग्दछु
खेलेर आफ्नै तालमा
व्यथा सारा भाग्दछ
न डर छ त्यहाँ, न कर भो
आफ्नै मनसँग खेल्दै
गाउछु गीत यसको
जसरी बग्छ भेल भै
न हारजितका लागि
न केही पाउन गुमाउनका लागि
मात्रै खुशी र आनन्द पान गराउन
झर्दछ झर्ना हाम्रै लागि
न फर्कन मन हुन्छ
यो स्वर्गरुपी आनन्दबाट
थाकेर पुगेको म त्यहाँ
त्यो धुवा वाउद भयभितबाट
भूमही, नवलपरासी




सम्बन्धित
Loading...