देवचुलीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण





देवचुली (नवलपरासी) । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ को जनज्योति माध्यमिक विद्यालयको आधारभूति ब्लकका विपन्न विद्यार्थीहरुलाई बुधबार ट्रयाकसुट वितरण गरिएको छ ।
देवचुली–११ निवासी श्रवण शाही र गुन्जन बहादुर वस्नेतले ट्रयाकसुट प्रदान गरेका हुन् ।
आधारभूत ब्लक संचालन समितिका संयोजक प्रितम भुजेलको अध्यक्षता भएको ट्रयाक सुट (न्यानो कपडा) वितरण गरिएको हो ।
कार्यक्रमको संचालन विद्यायलका आधारभूत ब्लकका शिक्षा संयोजक प्रकाश भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य आधारभूत ब्लकका शिक्षा सहसंयोजक गीता कोइरालाले गरेका थिए ।




सम्बन्धित
Loading...