सर्दीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

509

सर्दी (नवलपरासी) । पहिलो पाइला नेपाल बुटवल शाखाले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ को सर्दीका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सर्दीको जनता आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई झोला, कपी, कलम, टोपी, सुइटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम सयोजक बिनोद बस्यालले बताए ।


पहिलो पाइला नेपाल बुटवल शाखाका शाखा अध्यक्ष आयुष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले आफ्नो गाउँपालिकामा विपन्नताका कारण बालबालिकाहरुलाई बढ्नबाट बञ्चित हुन नदिने बताए ।
मिडिया सयोजक सुनिता बेल्वासेको स्वागत र सचिव पारस मरासिनीको सन्चालनमा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको थियो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका ४ का वडाअध्यक्ष गोपालप्रसाद अधिकारी, दीपेन्द्र माविका प्रधानाध्यापक राजु जि.सी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर जिसी लगायतको सहभागिता रहेको थियो ।

You might also like
Loading...