छहारी सङ्गमको पुसे पन्ध्र खेल महोत्सव



कावासोती नगरपालिका वडा न १ को छहारी सङ्गमको आयोजनामा संचालित पुसे पन्ध्र खेल महोत्सव भएको छ।
पुसे १५, तमु ल्होसारलाई लक्षित गर्दै महिला कपर्दी प्रतियोगिता, महिला फुटबल प्रतियोगिता, बयस्क फुटबल प्रतियोगिता, दौड प्रतियोगिता, घैटो फुटाल्ने खेल लगायतका बिबिध रमाइला खेलहरु आयोजना गरि महोत्सव सम्पन्न भएको क्लबका अध्यक्ष तबारक अहमद मियाले जानकारी दिए।
क्लबले बिगत चार बर्षदेखि क्लबको खेल मैदानमा पुसे पन्ध्र खेल महोत्सव आयोजना गर्दै आएको र यो बर्ष पनि त्यसैको निरंतरता स्वरुप यो बर्ष पनि आमा समूह, टोलसुधार समितिहरुको सहभागितामा प्रतियोगिता सम्पन्न गरिएको संयोजक सन्दिप क्षेत्रीले बताए।
महोत्सवमा सहभागी टिमहरु मध्ये महाराजा प्रकृति आमा समूह महिला कपर्दी र फुटबल प्रतियोगितामा विजयी भएको छ।
बिजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि तथा कावासोती नगरपालिका वडा न १ वडाध्यक्ष नारायणप्रसाद पन्तले पुरस्कार वितरण गरेको थियो।







सम्बन्धित
Loading...