कृषि क्षेत्रलाई प्रभावकारी बनाउन कृषकको अनुगमनमा तिब्रता


राम अवतार चौधरी




कपिलवस्तु,।कपिलवस्तुको शिवराज नगरपालिका–८ को साना सिँचाइ कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरूको बुधबार अनुगम गरिएको छ । कृषि क्षेत्रलाई प्रभावकारी बनाउन शिवराज नगरपालिकाले अनुगमनमा तिब्रता दिइएको कृषि संयोजक जगत बहादुर घर्तीले जानकारी दिए ।




पम्पसेट र मोटर माग निबेदन अनुसार छनौटमा परेका राम बेलास पासी, भदई प्रसाद यादव, सलिमुन निसा, राधे श्याम यादव, जिकिर मोहम्मद मुसलमान, ललित पासी लगायतका कोटवा, पटपर, विसनपुर, महुली समेत गरि ४ वटा गाउँका कृषकहरूको खेतबारीमै गएर अनुगमन गर्दा अधिकांश किसानहरू खोलाबाट सिँचाइ गर्ने गरेको साथै शिव प्रसाद पासी र गोपाल प्रसाद चौधरीको अनुगमन गर्न बाँकी रहेको वडा अध्यक्ष शंकर अहिरले बताए ।

नगरपालिकाले यस अघि न‌ै वडा नं. २,३,४,५,६,७, १० र ११ मा अनुगमन सकिएको र बाँकी वडामा चाँडै नै अनुगमन हुने टोलीले जनाएको छ ।

उक्त अनुमन शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोजकतत्व, शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, कृषि संयोजक तथा वडा नं.१ का वडा अध्यक्ष जगत बहादुर घर्ती र वडा अध्यक्ष शंकर अहिर लगायतको टोलीले अनुगमन गरिएको थियो ।




सम्बन्धित
Loading...