गृहकार्य नगरेको भन्दै रुपन्देहीमा विद्यार्थीमाथि निर्घात कुटपिट

401

बुटवल । गृहकार्य नगरेको भन्दै रुपन्देहीमा एक विद्यार्थी निर्घात कुटिएका छन् ।
रुपन्देहीको सम्मरी माई गाउँपालिका ६ मा रहेको ज्ञानदीप बोर्डिङ्गमा कक्षा ५ मा अध्ययन गर्ने तौफिया धुनियाको कुटाईबाट आँखामा चोट लागेको छ ।
धुनियालाई गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटपिट गरेका हुन् ।
कुटाइबाट १० वर्षिय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । धुनियाका हजुरबुवा मोहम्मद हुसेनका अनुसार बालककोस्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लगिएको छ ।
बोर्डिङका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरेका छन् । उनले विद्यार्थी अटेरी भएका कारण सामान्य तर्साएको मात्र कुटपिट नभएको दावी गरे ।
शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ ।

You might also like
Loading...