चितवनको माडी नगरपालिकाले ज्येष्ठ किसानलाई पेन्सन दिने

148

चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् ।

सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको छ ।

कान्तिपुरमा १०० बिघामा सामूहिक खेती गरिएको छ । किसानले एक बाली खेती भित्र्याइसकेका छन् ।

You might also like
Loading...