कावासोतीमा गजल सांझ

319




कावासोती । साधना सङ्गम, नवलपुर र एन सञ्चार मिडिया प्रा लिको संयुक्त आयोजनामा ४६ औं श्रृंखला स्वरूप एकल गजल साँझ कावासोतीमा भएको छ ।
कार्यक्रममा गजल तथा भजन गायक दिवाकर भण्डारीले केही आफ्ना गजल र भजन अनि केही चर्चित गजललाई आफ्नै संगीतमा गाएका थिए । तवलामा प्रसिद्ध कथावाचक तथा संगीतकार पं. पुरूषोत्तम लम्सालले कार्यक्रममा गायक भण्डारीलाई सहयोग गरेका थिए । करिब एक दर्जन गजल र भजनलाई तीन चरणमा संगीतमा नै गाईएको थियो ।
कार्यक्रममा साहित्य साधनामा अनवरत रूपमा लागिरहनु भएका कवि दीपक सोतीलाई नगद सहित सम्मान गरिएको थियो ।

You might also like
Loading...