चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु





चितवनमा बुधबारदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह-२०७६’ सुरु भएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताह सुरु गरिएको हो ।

पुस २९ गतेसम्म चल्ने सप्ताहमा जनचेतनामूलक र्‍याली, सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टीन एवम् विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए ।







सम्बन्धित
Loading...