मध्यविन्दुको वसन्तपुरमा माछापुच्छ्रे बैंकको सेवा विस्तार





चोरमारा (नवलपरासी) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. ९ वसन्तपुरमा माछापुच्छ्रे बैंकको १४० औं शाखाले आफ्नो सेवा विस्तार गरेको छ ।

कावासोती शाखाको छैठौं सेवा केन्द्रको रुपमा बुधबार बसन्तपुरमा सेवा शुरु गरिएको शाखा प्रबन्धक शेष राज पोखरेलले बताए ।




शाखा रहित बैकिङ्ग सेवाको उद्घाटन गर्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द बहादुर रानाले सरकारको नीति अनुरुप ग्रामीण क्षेत्रमा बैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्ने योजना अनुसार माछापुच्छ बैकले शाखा रहित सेवा सन्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।




सम्बन्धित
Loading...