रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

152

रुपन्देही । रुपन्देहीमा रहेको सशस्त्र प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल ल्याइएको सामग्रीहरु सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलका अनुसार बीओपी पजरकट्टीले मंगलबार राति ९ लाख ८२ हजार १ सय ५० रुपैयाँबराबरको कपडा बरामद गरेको छ ।
टोलीले रोहिणी गाउँपालिका–२, मैनिहवाबाट १० बोरा कपडा बरामद गरेको हो ।
बरामद कपडामा लामा ज्याकेट ११ थान, ज्याकेट १ सय ३१ थान, स्वीटर १ सय १५ थान, पाइन्ट २८ थान, सर्ट २० थान लगायत छन् ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म राजस्व भन्सार सुरक्षा गस्तीको टोलीले पनि पीबी ११ एडब्ल्यू २८९९ नम्बरको भारतीय फोर्ड ब्राण्डको कारसहित मोटरपार्ट्सका सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।
राजस्व भन्सार सुरक्षा गस्तीले बरामद गरेको कार भन्सार मूल्यअनुसार ११ लाख १३ हजार रुपैयाँ बराबरको रहेको छ ।
यसैगरी, गुल्म २७ नम्बरबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी इलाकामा जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लु १ च ७१६८ नम्बरको बोलेरो सिंगल पिकअप प्राइभेट गाडीमा नेपालतर्फ ल्याइँदै गरेका विभिन्न हार्डवेयरका सामान बरामद गरेको छ ।
गाडीचालक २२ वर्षीय भोला निसादलाई ९ लाख २४ हजार ६ सय रुपैयाँबराबरको सामानसहित पक्राउ गरी भन्सार पठाइएको छ ।
भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको बुलेट मोटरसाइकलमा प्रयोग हुने १ लाख ४ सय रुपैयाँबराबरको २ सय लिटर (१० कार्टुन) मोबिल बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

You might also like
Loading...