बग्दादमा ग्रिनजोनस्थित दूतावास नजिकै फेरि रकेट हमला

311

इरान अमेरिका तनावबीच फेरि इराकको राजधानी बग्दादमा रकेट हमला भएको समाचार आएको छ । बग्दादमा दुई वटा कत्युशा रकेट हमला भएको एएफपीले उल्लेख गरेको छ ।

ती रकेट बगदादको अति सुरक्षित मानिने क्षेत्र (ग्रीन जोन) मा खसेका थिए । सुरक्षा एजेन्सीका अनुसार रकेट खसेका सो क्षेत्रमा सरकारी निकाय र विदेशी दूतावास रहेका छन् । अहिले सम्म यो आक्रमणमा कसैको हताहती भएको खबर भने आएको छैन ।

यता अमेरिकी संसदमा आज राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग युद्ध गर्नबाट रोक्नका लागि मतदान हुन लागेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिएकी छन् ।

उनले इरानविरुद्ध सैनिक कारबाही गर्नका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको शक्ति कटौतीका लागि सदनमा मतदान हुन लागेको उनको भनाई छ ।

You might also like
Loading...