ऊखुको भुक्तानी मांग गर्दै किसानहरु अनसनमा

729




  • गोपी ज्ञवाली


नवलपरासी, २५ माघ । नवलपरासीका उखु उत्पादक किसानहरुले ऊखुको भुक्तानीको माग गर्दै पछिल्लो एक हप्ता देखिईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिको गेटमा अनशन बसेका छन् ।

नवलपरासीका चिनी उद्योगहरुले गत दुई वर्षदेखि करोडौं रुपैयाँ भुक्क्तानी गर्न बाँकी रहेको अवस्थामा प्रतापपुर गाँउपालिकाको कुडिया स्थित ईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिको गेटमा किसानहरु पछिल्लो एक हप्तादेखि अनशन बसेका छन् ।

प्रतापपुर गाँउपालिका स्थित ईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिले करिब सात हजार  भन्दा बढी किसानहरुको पाँच हजारदेखि १५ लाख रुपियाँसम्म गरी जम्मा १४ लाख रुपैयाँ रकम तिर्न बाँकी रहेको ऊखु उत्पादक किसान संघका नवलपरासी अध्यक्ष उमेश यादवले बताए ।

ठुला र प्रभावशाखी किसानहरुले उद्योगीलाई दवाव सृजना गरी वा तालाबन्दी गरी केही रकम पाएको भए पनि सामान्य र गरिब किसानहरुले आपूmले ऋण लिएर ऊखु खेतीमा लगानी गरेका किसाहरुले लामो समयदेखि ऊखुको रकम भुक्क्तानी नपाउँदा पीडित भए पछि अनशनमा बस्न बाध्य भएको स्थानीय किसान लख्खु यादवले बताए ।

पछिल्लो आईतवारदेखि करिब ५० जना किसानहरुले कुडिया स्थित ईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिको गेट बाहिर अनशन बस्दै आएका छन् । चिसो कठान्ग्रीदो जाडोमा किसानहरु ज्यानको बाजी थापेर एक हप्तादेखि अनशन बस्दा सम्बन्धित निकाय एवं प्रशासनले समेत कुनै प्रकारको सुनवाई नगरेको अनशनरत किसान धर्मेन्द्र कुशवाहले बताए ।

जिल्लामा उमेश यादवको नेतृत्वमा र दुधनाथ गुप्ताको नेतृत्वमा गरि दुई वटा ऊखु उत्पादक किसान समिती रहेको भए पनि वास्तविक किसानहरुले दुई वर्षदेखि चिनी उद्योगहरुबाट एक रुपिया पनि नपाए पछि किसानहरु पिडीत भए पछि अनशनमा बसेको स्थानिय लख्खु यादवले बताए ।

किसानको ऊखुको रकम भुक्तानी गर्ने भन्दै चिनी उद्योगहरुले बारम्बार समझौता गर्ने  र सम्झौताको पालना नगर्ने गरेका कारण अहिले नवलपरासीका कुडिया स्थित ईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिले १४ करोड, सुनवल स्थित लुम्बिनी चिनी उद्योगले नौ करोड एवं सुस्ता स्थित बागमती खाँडसारी तथा चिनी उद्योगले ११ करोड गरि तीन चिनी उद्योगहरुले किसानको जम्मा ३४ करोड रुपियाँ रकम भुक्तानी गर्न बाँकी रहेको नवलपरासी ऊखु उत्पादक किसान संघका अध्यक्ष उमेश यादवले बताए ।

You might also like
Loading...