गाई भैंसीपालक किसानलाई तालिम



कावासोती, २५ पुस । पूर्वी नवलपरासीको कावासोतीमा नगरस्तरीय ब्यवसायीक गाईभैंसी सम्बन्धि तालिम आजदेखि शुरु भएको छ ।
कावासोती नगरपालिका पशुसेवा उपशाखा उपशाखाको आयोजनामा शुरु भएको तालिम तीनदिनसम्म चल्नेछ । तालिमको उद्घाटन गदैै कावासोती नगरपालिकका उपमेयर प्रेमशंकर मर्दनियाले स्थानीय सरकारले किसानको लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।





पशुपालन किसानहरुलाई लक्षित गरी दूध उत्पादनमा एक रुपैयाँ अनुदान दिएर शुरुवात गरिएको मर्दनियाको भनाइ छ । उहाँले नगरपालिकामा कृषि सम्बन्धि उपकरणहरु नहुँदा समस्या भएको ल्याब स्थापना गर्ने सोंच रहेको बताउनुभयो ।
कावासोतीमा बधशाला आवश्यकता रहेकाले त्यसका लागि जमीनको खोजी भइरहेको मर्दनियाले जानकारी दिनुभयो ।
३० जना भन्दा बढी गाई तथा भैंसीपालक किसानहरुको सहभागिता तालिममा पशुसेवा उपशाखा कावासोतीका पशुविकाश अधिकृत डा.टेकराज पौडेल, मध्यविन्दु नगरपालिकाका पशु विकाश अधिकृत डा.श्यामकृष्ण तिवारी, पशु स्वास्थ्य प्राविधिक खेम पौडेल, दीपक बस्ताकोटी लगायतले तालिम प्रदान गर्नु हुने जनाइएको छ ।







सम्बन्धित
Loading...