पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ

590

परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाका अनुसार नवलपरासीको बर्दघाट नगरपालिका ३ लघुना स्थित भित्री सडक खण्डमा लु ९ पु ४५८७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ बस्ने ३५ बर्षका प्रमोदकुमार राय लागु औषध सहित पक्राउ परेका हुन् ।
उनको साथबाट प्रहरीले नोफिन १ सय ५० थान, डाइजोपाम एक सय ५० थान र फेनरागन १ सय ५० थान लागुऔषध बरामद गरेको जनाएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिका ५ हाडबजारमा चेकजाँचको क्रममा रामग्राम ९ मधौलिया बस्ने २७ बर्षीय अजाद पाठकलाई पनि प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले फेनारागन ७० थान, नुफिन ७० थान, डाइजोपाम ७० थान, नाइट्रोभेट १ सय ३५ थान र इस्पास्मो १० थान लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।

You might also like
Loading...