२९८औं पृथ्वी जयन्ती



बुटवल ,रूपन्देही । रूपन्देहीको बुटवलमा मौलिक जरोकिलो पार्टी प्रदेश नम्बर ५ को अधिवेशन तथा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहीको २९८औं पृथ्वी जयन्ती कार्यक्रम एकसाथ गरिएकोछ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य श्री नुमनाथ प्याकुरेलद्धारा देशको अन्य पार्टीहरू विदेशी नीति,सिद्धान्त भएको र नेपाली भुगोल,वातावरण,धर्म,संस्कृति,रितिरिवाज र चलन अनुसार मौलिक जरोकिलो पार्टीको सिद्धान्त प्रतिपादन भएको दाबी गर्दै अब आउने दिनमा ूविज्ञानको बुद्धि,प्रविधिको प्रगति,धर्मको विवेक र सहृदयताको सम्बन्धू अनुुसार पार्टीले आम नेपाली नागरिकहरूको भावनालाई सम्बोधन गर्दै जाने बताउनुभएको थियोे।यसैगरी केन्द्रीय सदस्य श्री यमनाथ उपाध्यायले नेपालको तनहुँ जिल्लाबासी युगद्रष्टा डा।श्री निर्मलमणि अधिकारी उपाध्यायद्धारा प्रतिपादित ूराज्यराष्ट्रू शिद्धान्त र पार्टी निति र अनुसन्धान बारे बोल्नु भएको थियोे।यसैगरी मित्रलाल शर्माको संयोजकत्व भएको समितिलाई विघटन गर्दै केन्द्रीय सदस्य नुमनाथ प्याकुरेलको संयोजकमा केन्द्रीय सदस्य यमनाथ उपाध्याय र मित्रलाल शर्माको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको घोषणा गर्नुभएकोछ।जसमा प्रदेश नम्बर ५ को अध्यक्ष श्री रेशम प्रसाद बुढा,उपाध्यक्ष श्री रामचन्द्र खड्का रहने गरि ९ सदस्यीय कार्यसमितिको घोषणा संयोजक प्याकुरेलद्धारा गरिएको छ।यसैगरी अन्य सदस्यहरू थप गर्दै जानेगरि निर्णय पारित गरिएकोछ।
कार्यक्रममा शास्त्री तिलक अर्यालको मुखारवृन्दबाट स्वस्ति वाचन गरिएको थियोे भने केन्द्रीय सदस्य प्याकुरेलको करकमलबाट राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियोे।यसै क्रममा नयाँ कार्य समितिको सपथ ग्रहणसंगै अध्यक्ष रेशम बुढाले मन्तव्यमा पार्टीलाई अगाडि बढाउदै लैजाने क्रममा पृथ्वी नारायण शाहको योगदानलाई अहिलेको सरकारले भुले पनि नेपाली नागरिकले नभुल्ने र आफुहरू सधैं उहाँको पथलाई पछ्याई रहने बताउनुभयो।कार्यक्रम मित्रलाल शर्माको सभापतित्व,रामचन्द्र खड्काको स्वागत र यमनाथ उपाध्यायको संचालनमा भएको थियोे।







सम्बन्धित
Loading...