अन्तरशिक्षक भलिवल प्रतियाेगितामा शिव मावि प्रथम

514




कावासाेती । कावासाेतीमाे जीवन ज्याेति माविमा भएकाे कावासाेती नगर स्तरीय अन्तरशिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि शिव माविले जितेकाे छ ।
पृथ्वी जयन्ती र एकता दिवसकाे अवसरमा आयाेजित भलिबल प्रतियाेगितामा समता शिक्षा निकेतनलाई पराजित गर्दै शिव मा वि प्रथम भएकाे हाे ।


प्रथम हुने शिव माविले १० हजार, द्वितीय हुने समताले ६ हजार र सेमी फाईनलमा पुग्ने जीवन ज्याेति मावि र सरस्वती मावि हसाैरालाई ३/३ हजार नगद पुरस्कार प्रदान गरिएकाे जीवन ज्याेति माविका शिक्षक दिपक सुवेदीले बताए ।
प्रतियाेगितामा विजयी टिमलाई नवलपुरका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पाेख्रेलले पुरस्कार वितरण गरेका थिए ।
प्रतियाेगितामा १६ वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे ।

You might also like
Loading...