लगाउनैपर्छ टिटानसको सुई ?





चोट लाग्दा होस्, वा कुनै धारिलो हरियारले काटेमा, टिटानसको सुई लगाइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको सुई लगाउनैपर्छ भनिन्छ ।

हामी सोच्छौ, टिटानसको सुईले घाउमा संक्रमण हुन दिदैन । तर के तपाईलाई थाहा छ, टिटानस भनेको के हो ? किन चोट लाग्नासाथटिटानसको सुई लगाउन सल्लाह दिइने गरिन्छ ?

विभिन्न अध्ययनहरुले जनाए अनुसार टिटानस व्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर रोग हो । नेपालीमा धनुष्टंकार भनेर पनि चिनिने यो रोगले शरीरको तन्त्रिकालाई प्रभावित पार्ने गर्दछ । टिटानस भएमा मांसपेशी सुक्ने तथा खुम्चिने गर्दछ, जसका कराण शरीर बेस्सरी दुख्ने गर्दछ । यसले विशेषगरी बंगारा तथा गर्दनको मांसपेशीलाई प्रभावित पार्दछ । यसकै कारण सास लिनमा समेत कठिनाई उत्पन्न हुने गर्दछ । जसका कारण मनिसकेा मृत्यु समेत हुन सक्दछ ।

हुन त  टिटानसको खोपका कारण यो समस्या धेरै कम भएकेा पाइन्छ । यद्यपी, कम विकसित देशहरुमा टिटानसको समस्या केहीमा अझै धेरै देखिन्छ । विश्वमा प्रत्येक वर्ष करिब दश लाख मानिस टिटानसबाट प्रभावित हुने गर्दछन् ।

के हो टिटानस ? कसरी हुन्छ ?

टिटानस व्याक्टेरियाको संक्रमका कारण हुने एक गम्भीर समस्या हो । यो रोग क्लास्ट्रीडियम टेटानी नामक बेक्टारियाको संक्रमणका कारण हुने गर्छ ।  यस्ता व्याक्टेरिया विशेषगरी धुलो, माटो तथा पशु मलमा पाइन्छ । जब यो व्याक्टेरिया कुनै घाउमा प्रवेश गर्दछ, तब शरीरमा टेटनोस्पास्मिन नामक विष पैदा हुन्छ । योे विषाक्त विस्तारै शरीरमा फैलिएर शरीरको तन्त्रिका (मोटर न्युरोन, जसले मांपसेशीलाई नियन्त्रण गर्छ ) लाई असर गरी शरीर अडकिने, जनकडिने जस्ता गम्भीर समस्या निम्त्याउने गर्छ, जुन टिटानसकेा प्रमुख लक्षण हो । समयमै टिटानस विरुद्धको खोप नलगाएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

टिटानस बालबालिका तथा वयष्कलाई मात्र नभएर नवजात शिशुलाई पनि हुनसक्छ ।

कुनै संक्रमित उपकरणद्धारा नवजात शिशुको सालनाल  काट्नाले पनि उनीहरुलाई टिटानस हुने जोखिम उच्च हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा नियोन्याटल टिटानस भन्ने गरिन्छ । र, यो टिटानशको घातक रुप हो । कुनै नवजात  शिशुलाई टिटानस भएमा उनीहरु दूध पिउन छोड्दछन् ।

टिटासन पनि एकै खाले हुँदैन । यो अनेक किसिमको हुन्छ ।

स्थानीय टिटानस

टिटानसका प्रकारमध्य सबैभन्दा साधारण प्रकार हो, स्थानीय टिटानस । स्थानीय टिटानसमा घाउ वा  घाउको आसपासमा रहेको मांसपेशीमा ऐठनका साथमा पिडा महसुस हुन्छ ।

मस्तिष्क टिटानस

टाउकोमा चोट वा कानमा संक्रमण भएमा मस्तिष्क टिटानस तिव्र गतिमा फैलिने गर्दछ । यसले अनुहार , गिजा लगायत कयौ मांसपेशीलाई एकैपटक प्रभावित पार्दछ । यस्तो टिटानस छिट्टै साधारण टिटानसको रुपमा फैलिने गर्दछ ।

नवजात टिटानस

यस किसिमको टिटानस त्यस्ता बच्चामा धेरै देखिन्छ, जसलाई गर्भमा छदै आमाबाट इम्युनिटी पाइदैन वा गर्भावस्थाका क्रममा खोप नलगाइएको होस् । जसका कारण नवजात शिशकाुे नाइटोको घाउ सुख्नमा समय लाग्ने गर्दछ । कयौ पटक त त्यस्ता घाउमा संक्रमण समेत हुनृसक्छ ।

साधारण टिटानस

धेरैलाई देखिने टिटानसमध्य साधारण टिटानस पनि एक हो । यसको असर टाउको बाट सुरु भएर क्रमश पूरै शरीरमा फैलिने गर्छ । यसकै कारण व्यक्तिको मुख बन्द भई अनुहारको मांशपेशी जकडिनुका साथै गर्दनमा ऐठन हुने गर्छ । यस क्रममा व्यक्तिको शरीरबाट पसिना आउने, हृदयको गति बढ्ने तथा उच्च रक्तचाप हुनसक्छ ।

टिटानसको लक्षण

-टाउको दुख्ने

-कम्पन हुने

-गर्दनको मांसपेशी अकडिने, तानिन्ने वा कडा हुने

-निल्नमा कठिनाई हुनु तथा मुखबाट लगातार र्‍याल निस्कनु

-गिजामा जकडन हुनु

-ज्वरो आउनु, चिडचिडापन हुनु

-प्यारालाइसिस हुनु वा सास फेर्न कठिनाई हुनु

-ढाडको मांसपेशी दुख्नु

-दिशा पिसाबमा नियन्त्रण नहुनु

-रक्तचाप बढ्नु

टिटानसको उपचार

-टिटानसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको डीपीटी -डिप्थिरियाको खोप लगाउनु हो ।

-बच्चालाई टिटानसको खोप लगाएर पनि यसबाट बचाउन सकिन्छ ।

-एन्टबियोटिक औषधीको प्रयोगद्धारा पनि यो रोग लाग्न बाट बच्न सकिन्छ ।

रोकथामका उपाय

-घाउ सफा गर्ने

-जस्तोसुकै घाउलाई पनि धुलो वा गोबरबाट बचाउने

-खिया लागेको औजार वा सिसाले काटेमा टिटानसको सुई अवश्य लगाउने

टिटानसका कारण उतपन्न हुनसक्ने जटिलता

एक पटक टिटानसको व्याक्टेरिया शरीरमा फैलिएमा त्यसलाई हटाउन असम्भव हुने गर्दछ । किनकी टिटानसको संक्रमणबाट पूर्णरुपले छुटकारा पाउनका लागि नयाँ तन्त्रिका वृद्धि हुन आवश्यक हुन्छ, जुन हुन कयौ महिना लाग्दछ । यसको अभावमा टिटानस भएमा  गम्भीर समस्या निम्तन सक्छ ।

हड्डी टुट्ने

बंगारा, गर्दन , ढाड लगायतका शरीरका मुख्य अंग बेस्सरी अकडिएमा त्यस क्षेत्रको हड्डी टुट्ने वा भाच्चिने सम्भावना अधिक हुने गर्छ ।

विकलांगता

मांसपेशीको एैठनलाई नियन्त्रण गर्नका लागि उपचारका क्रममा कडा औषधी दिइने गरिन्छ । र, यी औषधीको प्रयोगका कारण लामो समयसम्म अस्थिरता वा स्थायी विकलांगता हुनसक्छ । शिशुमा टिटानसको संक्रमण लामो समयसम्म भइरहेमा यसले मस्तिष्कमा क्षति पुर्‍याउन सक्छ, जसमा सामान्य मानसिक समस्या देखि  गम्भीर समस्या सम्म निम्तन सक्छ ।

मानिसको मृत्यु

टिटानसको समयमा नै उपचार नभएमा सास लिनमा कठिनाई उत्पन्न भएर मानिसको मृत्यु समेत हुनसक्छ




सम्बन्धित
Loading...