सरकार विकासको काममा लागेको छः मन्त्री चौधरी

72

  • गोपी ज्ञवाली –

नवलपरासी । प्रदेश नम्बर पाँचका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नेकपाको बर्तमान सरकार देशको विकासमा केन्द्रीत भएको बताउनु भएको छ ।
प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपालको एकता पछि बनेको प्रेस संगठन नेपाल नवलपरासीको जिल्ला भेलामा बोल्ने क्रममा परासीमा मन्त्रि चौधरीले सो कुरा बताउनु भएको हो । विकासको पुर्वाधारको रुपमा रहेको सडक, खानेपानी, स्वाश्थ्य लगाएतका जनताका आधारभुत आवश्यकताको पुर्ती गर्दै नेकपाको वर्तमान सरकार राजनैतिक कोर्ष पुरा गरि विकाको काममा केन्द्रीत भएको बताउनु भएको छ ।
विगतमा लामो समय सत्तामा रहेको नेपाली कांग्रेसले गरेको काम र पछिल्ला केही वर्ष यता मात्र कम्युनिष्ट पाटर््ीको नेतृत्वको सरकाको तुलता गर्दा मात्रै थाहा हुन्छ कि विकाको गति कति छ भनेर भन्दै नवलपरासीमा पनि सरकारले जनताका आधारभुत आवश्यकता पुर्ती गर्नेका काममा प्राथमिकता दिदै करोडौ रुपिया विनियोजन गरेको बताउनु भएको छ ।
प्रेस संगठन नवलपरासीका संयोजक बेनीमाधव बस्यालको अध्यक्षतामा भएको प्रेस संगठनको पहिलो भेलामा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्रि चौधरीले पश्चिम नवलपरासीको मुख्य रुपमा बडि क्षति पुर्याउने खोलाहरु तुरिया खोला र झरही खोलाको माथि देखी भारतीय सिमाना सम्म नै आवश्यक दर्जनौं स्थानमा तटबन्ध निमाण दर्जर्नौ स्थानमा पुल निर्माणका लागि प्रदेश सरकारले रकम विनियोजित गरेको बताउनु भयो ।
पश्चिम नवलपरासीको परासी एवं दक्षिण तर्फको मैदानी भागमा खाने पानिमा रहेको आर्सेनिक युक्त पानीको प्रसोधनका लागि पनि जिल्लाका १५ स्थानमा शुद्ध पानी पुर्याउनका लागि खानेपानी योजनाहरुको काम भई रहेको बताउनु भयो । अबको सामय विकास र समृद्धिको भएकाले पत्रकारहरुलाई पनि आलोचनात्माक समाचारहरु भन्दा पनि सकारात्मक एवं विकास संग सम्बन्धित समाचार लेखनमा केन्द्रीत हुन आवहान गर्नु भएको पत्रकार महासंघ नवलपरासीका पुर्व अध्यक्ष केशव पराजुलीले बताउनु भयो ।
कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्य भरत केसी, पुर्व सभाषद सिता बौडेल, पुर्वस्थानिय विकास राज्य मन्त्रि घनश्याम यादव एवं नेकपा नवलपरासीका जिल्ला संयोजक भविश्वर तिवारी लगाएतले बोल्नु भएको थियो ।

You might also like
Loading...