चाेरमाराकाे महायज्ञको दोस्रो दिनसम्ममा २ करोड ७५ लाख संकलन





चाेरमारा (नवलपुर)। पूर्वी नवलपरासीकाे मध्यविन्दु ७ चाेरमाराकाे नवजागरण बहुमुखी क्याम्पसमा जारी महायज्ञकाे दाेस्राे दिनसम्ममा दुई कराेड ७५ लाख चन्दा संकलन भएकाे छ ।

नपजागरण बहुमुखी क्याम्पसद्वारा आयोजित श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञ संचालनको दोस्रो दिन सम्ममा २ करोड ७५ लाख संकलन भएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले बताए ।
महायज्ञमा पण्डित नेत्रप्रसाद पराजुलीले श्रीमद्भागवत कथा वाचन गरेका छन् ।
र्नुभएको छ भने कलाकारले आफ्नो कला तथा धार्मिक झाकी प्रस्तुत गरेका छन ।
महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने दुर्घटनामा (सडक दुर्घटना,आगलागी,प्राकृतिक प्रकोप,बन्यजन्तुको आक्रमण र अन्य ) परि अल्पआयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका नारायणवलि सहितको विशेष पुजा गरिने क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्कीले बताए ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन गर्ने उद्देश्य राखिएको छ।





सम्बन्धित
Loading...