काठमाडौंमै एनसेलका दुई टावरमा आगजनी, सेवा अवरुद्ध

147




राजधानी काठमाडौंमै दूर संचार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा अगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको । स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । राज्यलाई कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि देशका विभिन्न स्थानम रहेका एनसेल टावरमा आगजनी गर्दै आएको थियो ।

You might also like
Loading...