विद्युत् सर्ट भएर आगलागी, ४८ लाखको क्षति

88

विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएकाे ६ तोला सुन, २ लाख नगद रुपैयाँ, अन्नपात, काठपातलगायत जल्दा ४८ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।

आज बिहान करिब ८ः०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले निभाएका थिए ।

अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए । रासस

You might also like
Loading...