माघे सक्रान्तिमा मगर संघको वेलुवामा भलिबल प्रतियोगिता


  • कमला राना मगर



कावासोती । नेपाल मगर संघ वेलुवाको आयोजनामा मैंत्रीपूर्ण युवा भलिवल खेलको सेमीफाइनल खेल आज सम्पन्न भएको छ । माघे सक्रान्तीको अवसरमा जारी युवा भलिवलको आजको खेलमा जुकेपानी काउले टोल विजयी भएको छ ।
जुकेपानी काउले टोल र बेलुवा टोल नम्बर २ विच भएको पहीलो खेलमा २–१ को सोझो सेटमा जुकेपानि काउले टोल विजयी हुन सफल भएको छ ।
यसैगरी जुकेपानी ठाडो टोल र जुकेपानी काउले टोलबीच भएको दोस्रो खेलमा २–१ को सोझो सेटमा जुके जुकेपानी काउले टोल विजयी भएको छ ।
खेलकुदको फाइनल खेल भोलि हुने आयोजकले जानकारी दिएको छ । आज सेमिफाइनलमा विजयी टिम जुकेपानि काउले टोल र बेलुवा टोल ३ विच भोली प्रथम स्थानको लागी प्रतिपस्पर्धा हुने नर बाहादुर श्रीस मगरले जानकारी गराए ।
यसैगरी महिला भलिबल खेलमा बेलुवा टोल नम्बर २ र बेलुवा टोल नम्बर ३ बीच भोली नै फाइनल खेल हुने र ३५ वर्ष उमेर समुहका पुरुष भलिवल खेल समेत समावेश गरिएको आयोजकले जानकारी गराएको छ ।
खेलमा प्रथम हुने युवा भलिवल पुरुषतर्फ प्रथम हुने टिमलाइ ५ हजार द्धितिय हुने टिमलाइ ३ हजार सहीत मेडल तथा प्रमाण पत्र तथा महिला भलिवल तर्फ प्रथम ह्ने टिमलाइ २ हजार र द्धितिय हुने टिमलाइ १५ सय तथा ३५ वर्ष उमेर समुहका पुरुष भलिवल तर्फ प्रथम हुने टिमलाइ ३ हजार र द्धितिय हुने टिमलाइ २५ सय रुपैया साथै मेडल र प्रमाण पत्र प्रदान गरीने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी भलिवल खेल पश्चात मगर समुदायको मौलिक कौराह नाच प्रतियोगिता समेत रहेको नेपाल मगर संघ जिल्ला समन्वय समिती सदस्य नर बाहादुर श्रीस मगरले बताए ।
कौराह प्रतियोगितामा प्रथम हुने टिमलाइ ३ हजार रुपैया तथा द्धितिय हुने टिमलाइ २ हजार र तृतिय हुने टिमलाइ १ हजार रुपैया प्रदान गरिने भएको छ ।

आजकाे कार्यक्रमकाे सभापति नेपाल मगर संघ बेलुवाका सचिव लाेकेन्द्र राम्जालि र प्रमुख अतिथि हुप्सेकाेट गाउपालिका खेलकुद समिति अध्यक्ष मदन थापा मगर रहेेेेका थिए।







सम्बन्धित
Loading...