चोरमाराको महायज्ञको तेस्रो दिनसम्म सवा ३ करोड संकलन

151

चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु ७ चोरमाराको नवजागरण बहुमुखी क्याम्पसमा जारी महायज्ञको आज तेस्रो दिनसम्म सवा  ३ करोड दान संकलन भएको छ । आइतबारदेखी संचालनमा रहेको श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञ संचालनको तेस्रो दिन सम्म आइपुग्दा सवा ३ करोड बराबरको रकम दान संकलन भएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले बताए ।

दान गर्ने दानदाताहरुको संख्यादिनप्रतिदिन बढ्दै गइरहेको समेत आर्थीक संयोजक पंगेनिले बताउनुभएको हो । जसमा आजसम्म आइपुग्दा मध्यबिन्दु नगरपालकिाबाट १ करोड  २० लाख , बिनयी  त्रिबेणी गाउपालीकाबाट १५ लाख , क्याम्पस व्यबस्थापन समितिका अध्इक्ष तुल्सीराम तिवारीबाट १० लाख , मध्यबिन्दु ७ चोरमाराका भक्त बाहादुर थापा र शान्ता थापाबाट ६ लाख ११ हजार १ सय ११ , चोरमाराका श्याम श्रेष्ठ र राधा श्रेष्ठ बव्लुबाट २ लाख १ हजार १ सय ११ , चोरमाराका श्याम अर्जुन न्यौपानेले १ लाख ५ , चोरमाराकै धुब्र पोख्रेलले १ लाख ५ , चोरमाराकै चन्द्र बाहादुर राना र पबित्रा रानाले १ लाख ११ हजार १ सय ११ , तमसरीया साना सहरी खानेपानि तथा उपभोक्ता समितिका अध्यक्ष तथा मध्यबिन्दु ८ रानिटारका राजु पाण्डेले १ लाख ११ हजार १ सय ११ , धान्यान्चल उपसंयोजक केदार प्रसाद पराजुलीले १ लाख ११ हजार १ सय ११ , मध्यबिन्दु ८ चौरगीका हुम प्रसाद भटटराइले १ लाख ११ हजार १ सय ११ , मध्यबिन्द्यु ५ दाउनबारीका इश्वर भटटराइले १ लाख ५ , मध्यबिन्द्यु ८ का मनोज गुरुगले १ लाख५१ ह्जार १ सय ११ , चोरमाराका नारायण प्रसाद न्यौपानेले १ लाख १२ हजार ५ सय ५५ , मध्यबिन्दु ८ चौरगीका कृष्ण प्रसाद तिवारीले १ लाख ५१ ह्जार १ सय ५ , कावासोति १६ डण्डाका भगीरथी पौडेलले १ लाख ५ , सोही स्थानका जिबन नारायण अर्यालले १ लाख ११ हजार १ सय ११ , चोरमाराका रमेशचन्द्र पंगेनिले १ लाख १ हजार २ सय ३४ , नबजगारण नमुना मा बि का प्रध्यनाध्यपाकबाट १ लाख ५ सय ५ , त्यस्तै क्याम्पसका प्रार्चाय देबीप्रसाद सुबेदीबाट १ लाख ५५ हजार ६ र धान्यान्चल संयोजक चेतनाथ तिवारीबाट १ लाख ११ हजार १ सय १५ रुपैया प्राप्त भएको आर्थीक संयोजक पंगेनिले जानकारी दिए ।

क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उद्देश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा १५ करोड संकलन गर्ने उद्देश्य राखिएको छ।

 

You might also like
Loading...