पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नन्दपुरमा जंगली हात्तीको आतंक


नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नन्दपुरमा जंगली हात्तीको आतंक मच्चाएको छ ।
जंगली हात्तीले नन्दपुरमा स्थानीयको घर भत्काउनुको साथै खेतबारीमा रहेका केराको बोट, तोरी, वन्दागोपी, काउली, मुला, साग लगायतका बालीनाली खाएर नष्ट पारेको स्थानीयले जानकारी गएका छन्् ।
बुधबार राती बस्तीमा हात्ती पसि लोक बहादुर थनेतको घर भत्काएको मध्यविन्दु नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष नारायण पौडेलले बताए ।
पौडेलले हात्ती गाउँमा पसेर घर भत्काए पनि कुनै मानवीय क्षती भने नभएको बताए ।
निकुञ्ज आसपासको बस्तीमा हात्ती, गैडा, बदेल, हरिण लगायतका जंगली जनावरले नियमीत जसो सताउने गरेको छ ।







सम्बन्धित
Loading...