यूएईमा नेपाली चढेकाेे बस दुर्घटना, पाँच जनाको मृत्यु


यूएईको अवुधाबीमा आज बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १८ जना नेपाली भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।




दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । दुर्घटनामा परेको मिनीबसमा श्रमिक चढेका थिए ।

दुर्घटनापछि यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको टिम घाइतेलाई भर्ना गरिएको मरफाक अस्पताल पुगेको थियो । दूतावासले नेपाली काम गर्ने कम्पनीसँग सम्पर्क गरेको र थप जानकारी प्राप्त भएपछि अवगत गराउने बताएको छ ।




राजदूत ढकालले १८ जना नेपाली पनि सवार रहेको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जानकारी दिए । तर घाइते र मृतक को हुन् भन्ने खुलेको छैन । उनका अनुसार मृतक पाँच जना नेपाली हुन सक्ने आशंका छ ।




सम्बन्धित
Loading...