चितवनमा ‘विवाह मेला’ हुने


चितवन । नेपालमै पहिलोपटक चितवनमा विवाह मेला (वेडिङ एक्सपो) हुने भएको छ ।

दाताज इभेन्ट्सको आयोजनामा यही माघ ८ गतेदेखि ११ गतेसम्म विवाह मेला हुन लागेको हो । आयोजक दाताज इभेन्ट्सले आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । विवाह मेला प्रदर्शनी मैदान, नारायणी नदी किनारमा हुनेछ ।

इभेन्ट्सका प्रवन्ध निर्देशक दाताराम घिमिरेले मेलामा विवाह सम्बन्धि आवश्यक सबै सामग्रीहरुको स्टल रहने बताए । उनले विवाहका लागि आवश्यक पर्ने कार्ड, व्युटिसियन, फूल सजावटदेखि सुन, चाँदीसम्मका स्टलहरु रहने जानकारी दिए । मेला खरिद विक्रीका लागि नभई जानकारी दिने उद्देश्यले आयोजना गरिएको घिमिरेले बताए ।

७० वटासम्म स्टल रहने मेलामा २० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको इभेन्ट्सले जनाएको छ । मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । मेलाको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले गर्नेछन् । महोत्सवको समापन समारोह विशेष बनाउने तयारी आयोजकले गरेको छ ।







सम्बन्धित
Loading...