महिनावारी भएका बेला घरको बाटो हिँडेको भन्दै महिलामाथि कुटपिट





महिनावारी भएका बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई महिलामाथि कुटपिट गरेको आरोपमा कञ्चनपुरका ३६ वर्षीय दलबहादुर शाह पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार बेल्डाँडी गाउँपालिका–१ की ३१ वर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कालाई कुटपिट गरेको आरोपमा शाहलाई पक्राउ गरिएको हो ।




महिनावारी भएको बेला मेरो घरको बाटो किन हिँडेको भन्दै दलबहादुरले कुटपिट गरे, पीडित भनिएकी महिलालाई उधृत गर्दै प्रहरीले भन्यो । कुटपिटबाट घाइते भएका भनिएका महिलाहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

पक्राउ परेका शाहले भने आफूमाथि झुठो आरोप लगाइएको बताएका छन् । उनले दुई महिलाबीच जग्गा विवादमा झडप भएको र आफूले छुट्याउने प्रयास मात्रै गरेको उनको भनाइ छ ।




सम्बन्धित
Loading...