प्लाष्टिक झोलाको विकल्पमा कावासोतीमा कपडा झोलाको उत्पादन सुरु





कावासोती नगरपालिका वडा नम्बर १५ लाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सहयोग पु¥याउन स्थानीय स्तरमानै कपडाको झोला निर्माण गर्न लागिएको छ ।कावासोती १५ मा अभियानलाई सफल पार्नका लागि कपडा झोला उद्यमको उद्घाटन गरिएको छ । कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले कपडा झोला उद्यमको शुक्रबार उद्घाटन गरेकी हुन् ।
कावासोती नगरपालिका–१५ पर्यटकीय क्षेत्रका रुपमा परिचित रहेको र प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणमा समेत प्रदूषण बढ्ने हुँदा कपडाको झोला प्रयोगलाई जोड दिन अभियान सञ्चालन गरिएको छ । स्थानीयस्तरमा झोला उत्पादन गर्नका लागि एक लाख ६८ हजार बराबरका कपडा, सिलाई मेसिन, टेबल, ¥याक खरिद गरि उद्यम सञ्चालन गरिएको छ ।
असल छिमेकी नेपाल कास्की पोखराद्वारा सन्चालन गैरी टोल ज्योति समूहका सदस्यहरुले प्लाष्टिक झोलामुक्त उद्यम सञ्चालन उपभोक्त समिति गठन गरी कपडा झोला उद्यम सञ्चालन गरेका हुन् ।



कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले प्लाष्टिक प्रयोगलाई न्यूनीकरण गर्नका अभियान सफल हुने विश्वास व्यक्त गरिन् । प्लाष्टिक प्रदूषणको प्रमुख तत्व भएकाले सकेसम्म यसको प्रयोगलाई हरेर नागरिकले कम गर्दै जानुपर्ने उनले बताइन् ।कार्यक्रम प्लाष्टिक झोलामुक्त उद्यम सञ्चालन उपभोक्ता समितिका अध्यक्ष दुर्गादेवी महतोको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष देवनारायण महतोलगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष महतोले अभियानलाई मध्यनजर गर्दै सञ्चालन गरेको कपडा झोला उद्यम नगरपालिकाका लागि अति नै महत्वपूर्ण भएको बताए । यस कार्यमा वडाको सदैव साथ रहने उनले बताए । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज प्रतिनिधि कविराज पुर्जा, गुन्द्रही ढाकाहा मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष नरबहादुर महतो , असल छिमेकी नेपाल एरिया इन्चार्ज पुरन सोती मगरको समेत सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...