सहनी हत्या अभियोगमा तीन युवा पक्राउ





पर्सा : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ का २५ बर्षीय शिवनाथ सहनीको हत्या अभियोगमा वीरगन्ज महानगरपालिकाका तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्ने युवा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर र रानीघाट हुन्। अभियुक्तले सहनीलाई चक्कु प्रहार गरी हत्या गरेको स्वीकारेको पर्सा प्रहरीले जनाएको छ।

सहनीको शव गएको पुस २० गते वीरगन्ज महानगरपालिकाकै वडा नम्बर २२, जगरनाथपुर स्थित बासँघारीमा शरिरका विभिन्न भागमा काटेर विभत्स हत्या गरी फालेको अवस्थामा फेला परेको थियो।




सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा वीरगन्ज ११ श्रीपुरका २ र रानीघाटको एक गरी तीन जना युवा पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए। पक्राउ परेका युवाहरुमा वीरगन्ज ११ श्रीपुर बस्‍ने बर्ष २२ को अजय साह, बर्ष २० को राजन साह कानु र रानीघाटका २० बर्षीय कृष्ण कुमार गुप्ता रहेको पर्सा प्रहरीले जनाएको छ।

 




सम्बन्धित
Loading...