म धर्म निरपेक्षताको पक्षमा छैनः महामन्त्री डा. कोईराला





नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू धर्म निरपेक्ष राष्ट्रको पक्षमा नरहेको बताएका छन् । सोमबार नवलपरासीको चोरमारामा नवजागरण बहुमुखी क्याम्पसको धनधान्याञ्चलको समापनि कार्यक्रममा बोल्दै उनले भने – राष्ट्र स्वतन्त्र हुन्छ धर्म निरपेक्ष होइन ।
उनले हिन्दु बाहुल्य रहेको देशलाई धर्म निरपेक्ष राष्ट्र भन्नु उचित नभएको बताए । उनले मुलुकको समृद्धिका लागि उत्पादनमा जोड दिन आव्बश्यक रहेकोमा जोड दिए ।

पौष २७ गते देखि शुरु भएको महायज्ञ सोमबारबार सकिएको हो । स्नातकोत्तर संचालन सहयोगार्थ आयोजित महायज्ञमा करिब ७ करोड संकलन भएको छ ।







सम्बन्धित
Loading...