धादिङमा यात्रु बोकेको मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु – भिडियो सहित


धादिङमा यात्रु बोकेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।




धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बा १ ख १२८० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

ट्रकमा सवार अन्य २० जना भने घाइते भएका छन् । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




घाइतेमध्ये ५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...