बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार





उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।




नवलपरासीमा रहेको बागमती खाडसारी मिलले किसानलाई ८ करोड ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने लुम्बिनीले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएका छैन । सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ ।




सम्बन्धित
Loading...