बर्दघाटमा बिद्यार्थीलाई झोला वितरण

219

बर्दघाट ः बर्दघाट – ४ दिब्यनगरमा रहेको नव दिब्यज्योति प्राविको पूर्व प्राथमिक तहमा अध्ययनरत ३० जना बिद्यार्थीलाई झोला वितरण गरिएको छ ।
विहीवार बिद्यालय प्रागंणमा आयोजित कार्यक्रममा जन्मदिनमा गर्ने खर्च कटौती गर्दै बालिका आकृति पौडेलका अभिभावकले सो झोला वितरण गरेका हुन ।
पुष २६ गते आकृतिको जन्मदिन परेपनि सो बेला बिद्यालय विदा रहेकोले सो दिनको खर्चलाई आकृतिका बुवा मनोज कुमार कुंवर र आशा पौडेलले स्कुले बालबालिकाहरुलाई झोला बितरण गरेर जन्मदिन मनाएका थिए ।

कार्यक्रममा आकृतिकी हजुरआमा बेलमती कुंवरले बालबालिकालाई झोला बितरण गरेकी थिइन । पछिल्लो समयमा जन्मदिन, विवाह बर्षगाठ र उत्सवलाई सामाजिक कार्य गर्न सदुपयोग गर्नेहरु बृद्धि हुदै गएका छन् ।

कार्यक्रममा आकृतिका बुवा मनोज र आमा आशाले जन्मदिनमा फजुल खर्च गर्न भन्दा केही सामाजिक काम गरौ भन्ने मनसायले यो कार्यक्रम गरिएको बताएका थिए । कुंवर नेको इन्स्योरेन्स बर्दघाट शाखा प्रमुख समेत रहेका छन् ।

त्यस्तै कार्यक्रममा आशा पौडेल र बेलमती कुंवरले पहिलो सन्तानको जन्मदिन सामाजिक काम गरेर मनाउन पाँउदा खुसी लागेको बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बोल्गा नेपालले जन्मदिनको सामाजिक सेवामा आफ्नो बिद्यालयलाई छनौट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भटटराई , शिक्षक बाबराम पुरी ,सुनिता न्यौपाने, डिलमाया रास्कोटी, हरिकला आचार्य,तिलमाया राना र सरस्वती भुसाललगायत सहभागी थिए ।  त्यस्तै बिद्यालयमै स्कुले ब्याग पाएपछि बालबालिकाहरु हर्षित भएका थिए ।

You might also like
Loading...