सौरभ न्यौपानेलाई उत्कृष्ट निर्देशक अवार्ड

128

वर्ल्ड नेपाली म्यूजिक अवार्ड २०१९ मा सौरभ न्यौपानेले उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड जित्न सफल भएका छन् । सम्राट न्यौपानेको स्वर रहेको ‘तिम्रो रुपले’ बोलको गीतबाट सौरभले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।

सो गीतको म्यूजिक भिडियोमा उनको निर्देशनका साथै अभिनय पनि रहेको छ । काठमाडाैंस्थित ह्यात रिजन्सीमा भएकाे कार्यक्रममा सिक्कीमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले अवार्ड प्रदान गरेका थिए ।

वर्ल्ड कनेक्सन यूएसएले वितरण गर्ने सो अवार्ड यसअघि अमेरिकाको न्यूयोर्कमा प्रदान गरिएको थियो । तर, केही प्राविधिक कारणका साथै नेपाली संगीतका प्रेमीलाई पनि समेट्ने उद्देश्यले पुनः नेपालमा पनि अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ ।

यसैगरी, सत्यकला राईले ‘नसोध को तराइवासी’ गीतबाट उत्कृष्ट राष्ट्रिय गीतको अवार्ड जित्न सफल भइन् भने प्रमोद पोर्तेलले उत्कृष्ट पप गायनको अवार्ड हात पारे । पविधान खालिङले उत्कृष्ट म्यूजिक एरेन्जरको अवार्ड पाउँदा सुनिल मास्केले उत्कृष्ट म्युजिक कम्पोजरको अवार्ड जितेका छन् ।

You might also like
Loading...