नवलपरासीमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


  • प्रेमचन्द रौनियार




नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ वनकट्टीमा बसको ठक्करबाट शनिबार दिउँसो एक जना पैदल यात्रुको घटना स्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारको मुजफरपुर जिल्लाको बखराग्राम पन्चाइत बस्ने वर्ष ४५ का घर्मा माझी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी मोहनबहादुर खाँडले दिएको जानकाीर अनुसार त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७४८४ नम्बर को यात्रुवाहक बसले पैदल यात्रीलाई ठक्कर दिदाँ उनको घटना स्थलमानै मृत्यु भएको हो ।
बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय त्रिवेणीले नियन्त्रणमा लिएको छ ।




सम्बन्धित
Loading...