एम्बुलेन्स चालक संघकोअधिवेशन

129

कमला राना मगर

माघ ११ गते कावासोति ,सयुतm एम्बुलेन्स चालक संघ नेपाल नवलपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सयुतm एम्बुलेन्स चालक संघ नवलपुरका अध्यक्ष मदन थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेल रहनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथीको रुपमा जिल्ला जनस्वास्थ्य नवलपुर शाखा अधिकृत लिला वल्लभ पाण्डे, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कावासोतिका सभापति वेद प्रसाद न्यौपान, एम्बुलेन्स संचालक समीति नवलपुरका अध्यक्ष बाबुराम कंडेल लगाएतको सहभागिता रहेको थियो ।

सस्थाका आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमल प्रसाद चापागाइले प्रस्तुत गर्नुभएको थियो भने वार्षीक प्रतिवेदन अध्यक्ष मदन थापाले प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी संयुतm एम्बुलेन्स चालक संघ नेपाल ९ट्रेड युनियन० नवलपुरको पहीलो अधिवेशनले अध्यक्षमा नवराज श्रेष्ठलाइ चयन गरेको छ । आज कावासोतिको राजमन्दीरमा सम्पन्न पहीलो अधिवेशनले अध्यक्षमा नवराज श्रेष्ठ सहीत ११ सदस्यीय नया कार्य समीति सर्व सम्मत रुपमा चयन गरेको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा श्री प्रसाद थापा, उपाध्यक्षमा शेर बाहादुर महतो, सचिवमा निरज गुरुङ, कोषाध्यक्षमा चिन्तामणि सापकोटा, सहसचिवमा शन्त बाहादुर चौधरी र सह कोषाध्यक्षमा तिलक कुमाल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा वम बाहादुर भुजेल, केशव श्रेष्ठm हरी प्रसाद श्रेष्ठ तथा सुव्वा गोले सर्वसम्मत रुपले चयन हुनुभएको छ ।

हरी ढुगानाको सयोजकत्वमा रहेको तिन सदस्यीय निर्वाचन मण्डलमा कमला राना मगर र अमिशा थापा रहनुभएको थियो । सस्थाका सचिव श्री प्रसाद थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गंगा विश्वकर्माले गर्नुभएको थियो ।

यसैविच आज संस्थाको स्थापना दिवसको अवसर पारेर मौलाकालिका आपा·संस्था कावासोतिमा रहेको बालबालिकाहरुलाइ फलफुल समेत वितरण गरेको छ ।

You might also like
Loading...